अर्घाखाँचीः सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी घरपरिवारलाई सोलार वितरण गरिएको हो ।
झण्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि नयाँ घर निर्माण गरिएको हो । स्थानीय मधु वादीका अनुसार चुत्राबेँसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो । सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गरे ।
नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो । स्थानीय सरकारले खानेपानीको व्यवस्थापन गर्न तथा जीवनस्तर उकास्न काम गरिरहेको छ ।
वडाध्यक्ष मोतिजङ्ग रायमाझीका अनुसार वादी समुदायको व्यवस्थित बसोबासका लागि नगरपालिकाले काम गरिरहेको छ । वादी समुदायले गिट्टी कुट्दै, बालुवा चाल्दै, ज्यालामजदूरी गरी जीवनयापन गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies