२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

पहिलो पटक अमेरिका निर्यात भयो नेपालको फ्रोजन फ्रेन्च फ्राइज

shivam cement
२०८२ कार्तिक १९ गते ११:०८
Shares
पहिलो पटक अमेरिका निर्यात भयो नेपालको फ्रोजन फ्रेन्च फ्राइज

काठमाडौँ : भैरहवा भन्सार कार्यालयमार्फत रु. ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ ।

रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो ।

भैरहवा भन्सार कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ ।

अमेरिकी बजारमा नेपाली फ्रेन्च प्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनको विश्व बजार विस्तारको ढोका खोल्ने विश्वास लिइएको छ । भैरहवा भन्सार कार्यालय निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहेको भन्सार कार्यालयले जनाएको छ ।

निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहने समेत भैरहवा भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर