२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष झाको निधन

Nada
२०८१ पुष ४ गते १४:२३
Shares
बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष झाको निधन

जनकपुरधाम : सर्लाहीको बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारका क्रममा आज निधन भएको उनका भतिजा नरेश झाले जानकारी दिए ।

ncell

समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनी बिसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बलरा नगरपालिका-४ को वडाध्यक्ष पदमा निर्वाचित भएको थियो । झाका श्रीमती, एक छोरा र चार छोरी छन् । 

झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा-४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिए । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समाजसेवी गुमाएको उनले बताए ।

यसैबीच, संघीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजनीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर