२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

सोयाबिनको आयात निर्यात सबैभन्दा अगाडि

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते २०:०६
सोयाबिनको आयात निर्यात सबैभन्दा अगाडि

तारा पौडेल/मध्यान्ह

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा नेपालको आयात निर्यातको तथ्यांकमा सबैभन्दा अगाडि सोयाबिन तेल देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १० अर्ब बढीको सोयाबिन आयात निर्यात भएको हो ।

विभागको तथ्यांकअनुसार साउनमा १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँको सोयाबिनको कच्चापदार्थ तथा तेल आयात भएको छ । विगतका वर्षहरूमा प्रायःजसो आयातको सूचीमा सधैंजसो डिजेल शीर्ष स्थानमा रहने गरेकोमा चालु आर्थिक वर्षको साउन महिनामा भने सोयाबिन तेलले डिजेललाई उछिनेको हो ।

त्यस्तै, साउन महिनामा निर्यातको शीर्ष स्थानमा पनि सोयाबिन तेल नै रहेको छ । साउन महिनामा नेपालबाट १० अर्ब ६९ करोड ५८ करोड ४० लाख रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ तथा तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा ५ अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँबराबरको डिजेल र ५ अर्ब ७७ करोड १४ लाख ४० हजार रुपैयाँको पेट्रोल आयात भएको छ । साथै, ८२ करोड ५ लाख १७ हजार रुपैयाँबराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको विभागले जनाएको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १८ दशमलव ७५ प्रतिशतले बढेको हो ।

विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँबराबरको वस्तु आयात भएको थियो भने १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ प्रतिशत र निर्यात ९५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise