२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

नेपाली भूभाग र स्वाधिनतामाथि अतिक्रमण र उल्लंघन सह्य हुँदैनः राप्रपा

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते १४:०५
नेपाली भूभाग र स्वाधिनतामाथि अतिक्रमण र उल्लंघन सह्य हुँदैनः राप्रपा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे आपत्ति जनाएकी छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले यस्तो आपत्ति जनाएकी हुन् । उनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनैपनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रुपमा उपेक्षा गर्दै एकतर्फी रुपमा लिइएको कदम लिइनु देशको सम्मान र स्वाधिनतामाथिको गम्भीर प्रहार भएको बताइन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्शा, सन्धी र सम्झौताहरुले स्पष्ट देखाउने बताइन्। सांसद नेपालीले नेपालसँग छलफल नगरी दुई देशले व्यापारिक मार्ग खोल्ने सहमति गर्नु अन्तर्राष्ट्रिय कानुन र कुटनैतिक मर्यादा विपरितको कार्य भएको बताइन् ।

उनले भनिन्, ‘भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राप्रपा गम्भीर आपत्ति जनाउँछ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनैपनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रुपमा उपेक्षा गर्दै एकतर्फी रुपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधिनतामाथिको गम्भीर प्रहार हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्शा, सन्धी र सम्झौताहरुले स्पष्ट देखाउँछन् ।’

उनले नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कुटनीतिक पहल गरी सहमति खारेज गर्न माग गरिन् । नेपाली भूभाग र स्वाधिनतामाथि अतिक्रमण र उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग माग गरिन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise