२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

परिवर्तन गाउँपालिकाद्वारा विद्यार्थी र लोकसेवामा नाम निकाल्नेलाई सम्मान

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ असार ८ गते २२:०८
परिवर्तन गाउँपालिकाद्वारा विद्यार्थी र लोकसेवामा नाम निकाल्नेलाई सम्मान

रोल्पा : परिवर्तन गाउँपालिकाले पालिका स्तरीय कक्षा –५ र कक्षा –८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट अधिवेशन र १७ औं गाउँसभाको अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । प्रमुख अतिथि भिम कुमारी बुढा मगर र गाउँसभाका अध्यक्ष सुक बहादुर बुढा मगरले सम्मान पत्र, खाँडा र नगदसहित सम्मान गरेका थिए । 

गाउँकार्यपालिकाको निर्णय अनुसार प्रथम हुने बालकल्याण मावि परिवर्तन गाउँपालिका –१ कुरेली उपबाङका विद्यार्थी सुनिल रोका मगरलाई २ हजार ५ सयसहित सम्मानपत्र र खादासहित सम्मानित गरेको छ । कक्षा–८ बाट द्वितीय जनसेवा नमूना मावि परिवर्तन गाउँपालिका – २ राङ्सीका विद्यार्थी विमला डाँगीले नगद रु.२ हजारसहित सम्मानपत्र र खादासहित सम्मानित भएकी छन् । तृतीय बालकल्याण माविका विद्यार्थी एलिना बुढा मगरले नगद २ हजारसहित सम्मानपत्र र खादासहित सम्मानित भएका छिन् ।

त्यस्तै सान्त्वना जनसेवा नमूना माविका विद्यार्थी शलिना वि.क.ले १ हजार ५ सयसहित सम्मानपत्र र खादासहित सम्मानित भएकी छन् । कक्षा –५ बाट प्रथम जीवन ज्योति प्रावि परिवर्तन गाउँपालिका–२ राङ्सीका विद्यार्थी बिसिका केसी नगद २ हजारसहित सम्मान पत्र र खादासहित सम्मानित भएका छन् । द्वितीय अति ज्ञान ज्योति प्रावि परिवर्तन गाउँपालिका –२ राङ्सीका विद्यार्थी सुशील डाँगीले नगद १ हजार ५ सयसहित सम्मान पत्र र खादासहित सम्मानित भएका छन् । तृतीय नेपाल राष्ट्रिय नमूना मावि परिवर्तन गाउँपालिका –५ का विद्यार्थी स्मार्ट केसीले नगद १ हजारसहित सम्मान पत्र र खादासहित सम्मानित भएका छन् । सान्त्ववना बालकल्याण मावि परिवर्तन गाउँपालिका –१ कुरेलीका विद्यार्थी गगन बुढा मगर नगद १ हजारसहित सम्मान पत्र र खादासहित पालिकाबाट सम्मानित भएका छन् । 

उत्कृष्ट विद्यालयमा परिवर्तन गाउँपालिका –५ को त्रिवेणी आवि राङ्कोटको विद्यालयलाई सम्मान गरिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णराम डाँगीलाई नगद १ हजार ५ सयसहित सम्मान पत्र र खादाले सम्मान गरिएको छ । 

यसैबीच गाउँपालिकाले विभिन्न लोकसेवा आयोगमा नाम निकाल्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले २०८० साउनदेखि हालसम्म लोकसेवा आयोग, शिक्षक सेवा आयोग, संघीय लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग र १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० मा सहभागी भइ पदक दिलाउने खेलाडीका अभिभावकलाई सम्मान गरेको छ ।  शिक्षक सेवा आयोगतर्फ परिवर्तन गाउँपालिका –४ का प्रेम प्रकाश वली, हरि बहादुर वली, ३ का विकास डाँगी, ५ का मनप्रसाद घर्ती मगर, २ का फम कुमारी वली,मनप्रसाद पुन मगर, दिनेश घर्ती मगर, अनुस्का वली र चन्द्रा डाँगीलाई सम्मान गरिएको छ । 

संघीय लोकसेवा आयोगतर्फ परिवर्तन गाउँपालिका –४ पाछाबाङकी प्रगति बुढा मगर र ५ राङ्कोटकी धनकुमार वलीलाई सम्मान गरिएको छ । 

प्रदेश लोकसेवा आयोगतर्फ परिवर्तन गाउँपालिका –४ पाछाबाङकी खुशी बुढा मगर, ३ का टीका पुन जैसी, विशाल केसी, ५ का आकृति वली र ६ का अञ्जु पुन मगरलाई सम्मान गरिएको छ । 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडतर्फ परिवर्तन गाउँपालिका –३ का शक्तिराम डाँगीलाई सम्मान गरिएको छ ।  

खेलाडीतर्फ परिवर्तन गाउँपालिका –५ का गणेश वलीलाई सम्मान गरिएको छ । उनले १६ औं राष्ट्रपति रनिङ शिल्डमा लमजुङमा सहभागी भइ प्रथम भएका थिए । 

परिवर्तन गाउँपालिका –३ का मुवा डाँगीलाई दौड १०० देखि २०० मिटर प्रथम भएको भन्दै सम्मान गरिएको छ । परिवर्तन गाउँपालिका –२ का सम्झना राणा मगरलाई सम्मान गरिएको छ । उनी उसुतर्फ प्रथम भएकी थिइन् । उपस्थित भएका अभिभावकलाई प्रमुख अतिथि र गाउँपालिका अध्यक्षले सम्मान पत्र र खादाले सम्मान गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise