२०८१ पुष १३ गते शनिवार / Dec 28 , 2024 , Saturday
२०८१ पुष १३ गते शनिवार
Ads

माडी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन हुँदै

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ पुष १२ गते २०:४३
माडी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन हुँदै

रोल्पा : माडी गाउँपालिका रोल्पाको नवनिर्मित भवन उद्घाटन हुने भएको छ । शनिबार एक औपचारिक कार्यक्रम समारोहबीच गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न लागिएको हो । माडी गाउँपालिकाको आयोजनामा ‘कृषि, पशुपन्छी, जडिबुटी र दिगो पूर्वाधार,समृद्ध माडीको आधार’ भन्ने मूल नाराको साथ शनिबार बिहान ११ बजे नवनिर्मित भवनको उद्घाटन गरिने माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगरले जानकारी दिएका छन् ।

भवन उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसद तथा नेपाल सरकारका निवर्तमान अर्थ मन्त्री वर्षमान पुन  प्रमुख अतिथि रहेछन् । यस्तै प्रतिनिधि सभा सांसद ईश्वरी जिएम, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सांसद जोख बहादुर महरा र लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सांसद दिपेन्द्र कुमार पुन मगर लगायतको विशिष्ट आतिथ्यता रहने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद गौतमले जानकारी दिए । 

गौतमका अनुसार रोल्पा जिल्लाभित्रका स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्ष लगायत माडी गाउँपालिका भित्रका विभिन्न झाँकी समूहलाई कार्यक्रममा उपस्थित भइदिन समेत जानकारी गराइएको छ । भवन निर्माणका लागि पहिलो चरणमा गाउँपालिकाले २०७७ सालमा १ करोड ५० लाख बराबरको टेण्डर आह्वान गरेकोमा स्मृति विशाल कन्ट्रसनले भुँइतल्ला निर्माणका लागि ९६ लाखमा निर्माणको जिम्मा लिएको माडी गाउँपालिका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर दिपेन्द्र घर्ती मगरले जानकारी दिए । 

साथै भवन निर्माणका लागि २०७८ साल करिब एक वर्ष रोकिएको समेत घर्ती मगरको भनाइ छ । दोस्रो चरणको निर्माण कार्यको लागि २०७९ असार महिनामा रोयल कन्ट्रसन धनगढीले २०७९ असोज महिनादेखि तीन तल्ला निर्माणको काम सुरु गरेको समेत घर्ती मगरले बताए । भवन निर्माण स्मृति विशाल कन्ट्रसनको ९६ लाख तथा रोयल कन्ट्रसन धनगढीको ५ करोड ५१ लाख ७२ हजार ३ सय ५३ रुपियाँ गरी जम्मा ६ करोड ४७ लाख ७२ हजार ३ सय ५३ रुपियाँ बराबर लागतमा निर्माण भएको इन्जिनियर घर्ती मगरले बताए । भवन निर्माण २०८१ मंसिर महिनामा सम्पन्न भएको हो । 

२०७४ देखि माडी गाउँपालिकाले माडी गाउँपालिका–२ घर्तीगाउँ बसपार्क अगाडि व्यक्तिको घरबाट अस्थायी रूपमा सेवा प्रदान गर्दै आएको थियोे । गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट सेवा विस्तार गरेसँगै भाँडा तिरेर सेवा प्रदान गर्ने समस्या अन्त्य भएको गाउँपालिकाको भनाइ रहेकोे छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise