काठमाडौं : क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नामिबियामा वैशाख आठ गतेदेखि हुने भनिएको नेपालसमेत सम्मिलित त्रिदेशीय श्रृङ्खला स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना भाइरस संक्रमण जोखिमका कारण ३० जुनभन्दा अघिका सबै खेल स्थगित गरेको हो ।
अहिलेको विषम परिस्थितिको मूल्याङ्कन गर्दै सम्बन्धित सरकार र सरोकारवालाहरुसँगको सल्लाहमा खेल स्थगित गरेको आईसीसीले जनाएको छ । लिग दुई अन्तर्गत नेपालले नामिबिया र स्कटल्याण्डसँग बैशाख ८ देखि १७ गतेसम्म चार वटा एकदिवसीय खेल खेल्ने कार्यक्रम थियो ।
कोरोना भाइरस संक्रमणको त्रास बढेपछि यसअघि क्यानले उक्त प्रतियोगिता लक्षित राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरेको थियो । जुनमै हुने भनिए पनि मिति तय नगरिएको पपुवा न्युगिनीमा हुने नेपाल र यूएईबीचको त्रिदिवसीय श्रृङ्खलाबारे भने आईसीसीले कुनै निर्णय गरेको छैन ।
त्यसलगत्तै जुलाईमा स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित त्रिदिवसीय श्रृङ्खला खेल्ने तालिका छ । तर अब यी सबै खेल स्थगित हुने संभावना बढेको छ । लिग दुईको अंकतालिकामा नेपाल चार खेलमा चार अंकसहित छैठौँ स्थानमा छ । नामिबिया सातौँ, ओमान, अमेरिका र स्कटल्याण्ड क्रमशः पहिलो, दोस्रो र अन्तिम स्थानमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies