२०८१ पुष १९ गते शुक्रवार / Jan 03 , 2025 , Friday
२०८१ पुष १९ गते शुक्रवार
Ads

इतिहासलाई लिपिबद्ध गर्ने सवाल

ADV
२०८१ पुष १६ गते ०६:१०
इतिहासलाई लिपिबद्ध गर्ने सवाल

–यामबहादुर थापामगर

मानव प्राणी जगत्मा अन्य प्राणीभन्दा पृथक् छ । मानवले आधारभूत गास, बास र कपासका साथै आय, आर्थिक वृद्धि, आर्थिक विकासको, औसत आयुलाई जीवनशैली मापनअनुसार दीर्घजीवन हुनेगरी सापेक्ष रूपमा बढाउन चाहेको हुन्छ । 

विकासको परिभाषा अहिले बहुआयामिक अर्थमा परिभाषित हुन थालेको छ । मानिस निरन्तर खोज अनुसन्धानमा लागिरहने प्राणी भएकाले खोजको क्षेत्र अनुकरणीय छ । सुख र आनन्द प्राप्तिको खोजीमा लागिरहने मानव कुनै खोज र विकास विनाश तथा सर्वनाशको प्रबल जोखिममा विश्वलाई मानवले नै विकासका नाममा निर्माण गरेको अणु बम, एटम बमको तीव्र विकासले पृथ्वीलाई दर्जनौं पटक क्षति गर्न सक्ने प्रविधि संचित गरेर राखेको छ ।

सकारात्मक सोच र शैलीको विकासका लागि अभियान चलाउँदै गर्दासमेत स्वचालित रूपमा नकारात्मक सोच र शैलीको दब(दबा मानव जीवनमा निरन्तर आइरहेको छ । 

मानव जातिमा घटेका घटनाहरूको वैज्ञानिक कथन नै इतिहास हो । मानव वर्तमानमा रहन्छ र उसले भविष्यका लागि योजना तर्जुमा गरी अँध्यारोबाट उज्यालोतिर लम्केनका लागि प्रयत्न गरी क्रियाशील रहन खोजेको हुन्छ । मानवले जानेर वा नजानेर इतिहास निर्माण गरिरहेको हुन्छ । बोधगम्य र अबोध घटनाहरू शृंखलामा नरहेको भए पनि मानिसका लागि इतिहास रहेको हुन्छ ।

इतिहासले संसारमा भएका घटनाहरू जान्न सहयोग गर्छ । इतिहास सामूहिक अनुभवहरूको स्रोत हो । कतिपयले इतिहास एक प्रकारको जितको परिणाम आउने प्रयोगशाला पनि भन्ने गर्छन् । हारका परिघटनाहरूको समेत थोरै मात्रामा लेखन र अभिलेखीकरण तरिकाले व्यवस्थापन गरिएको हुन्छ । इतिहासले मानिसलाई समाजहरू बुझ्न सहयोग गर्छ ।

इतिहास हरेक मानवका लागि प्ररेणाको स्रोत हुन सक्छ । संसारमा भएका विभिन्न प्रकारका वैज्ञानिक तवरले प्रमाणित संस्कृतिहरू चिन्ने र बुझ्ने हुँदा यसबाट दैनिक जीवनमा अवलम्बन गर्ने आधारहरू प्राप्त हुन्छ । इतिहास दोहोरिन्छ भन्ने मान्यताबमोजिम बुद्धिमानीपूर्वक अवसर र मौकालाई छनोट गर्न अनुमति दिई प्रगतिशील अग्रगामी निर्णय गर्न सहयोग गर्छ ।

यसले विभिन्न कालखण्डमा भएका परिर्वतन बुझ्न सघाउँदै नवीन परिवेशको वातावरणअनुकूल हुनेगरी समायानुकूल गराउँछ । विगतमा समाजभित्र भएका हत्या, आतंक, चोरी, डकैती, पाशविक घटनाहरूलाई तिलाञ्जलि दिँदै नैतिक जिम्मेवारी अभिवृद्धि गरी सभ्य समाज निर्माण गर्नमा सहयोग गर्छ । 

शिक्षित समाजमा कि अशिक्षित समाजमा जीवनयापन गरेको छ भन्नेबारेमा निर्धारण र छनक प्रदान गरी असल र खराबको पहिचान बनाउन पनि इतिहासको अध्ययनबाट थाहा हुन्छ । मानिसको व्यक्तित्व विकासका लागि बहुआयामिक क्षेत्रमा पहुँच बढाउन लागि क्षमता विकास गर्ने आधारहरू प्रशस्त मात्रामा इतिहासले जगको रूपमा आधार प्रदान गर्छ ।

इतिहास ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरूको समग्र जग हो । इतिहासले कहिल्यै नदेखेको, नसुनेको, नछामेको र नछोएको कुराका बारेमा सोच्न सहज र सजिलो बनाई आत्मविश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक क्षमता प्रदान गर्छ । मानवमा कल्पनाशीलताको विकास र त्यसलाई संचार गर्न सक्ने सीप तथा प्रविधिको विकासमा टेवा दिएको हुन्छ । 

शिक्षाबिनाको मानव अहिले कल्पनासमेत गर्न सकिँदैन । ज्ञानबिनाको मानिस पशु सरह हुन्छ । विश्वव्यापीकरणको बढ्दो प्रभाव र प्रयोगले थोरै प्रयोगमा आउने भाषा, जातजाति(लगायतका पहिचानको अस्तित्वमा दिन प्रतिदिन ह्रास आएको छ । स्वचालित प्रणालीको विकासले मानवलाई इ–बुक, इ–लाइब्रेरी, डिजिटल विकासले मानवमा विगतका अभ्यासलाई परिष्कार गर्नमा दबाब दिएको छ ।

कृत्रिम बौद्धिकताको विकास, च्याट जीपीटी, मेटाफर्सलगायतको तीव्र विकासले मानवमा असामाजिकतातर्फ उन्मुख भएको त होइन ? भन्ने आभास पनि हुने गरेको छ ।

ज्ञान लिनका लागि निरन्तर रूपमा अरूभन्दा प्रतिस्पर्धामा अगाडि उभिनका लागि स्वचालित रूपमा लागेको पाउन सकिन्छ । मानव जाति आफूसँग भएको वस्तुमा सन्तोष मानेर वा थकाइ मारेर विल्कुल बस्न जानेको छैन । त्यसैले वैज्ञानिक अनुसन्धानका लागि मानिस अतृप्त ज्ञानका लागि अध्ययन गर्ने शैलीमा गुगल सर्च हाबी हुँदै गएको पाउन सकिन्छ । शिक्षाको सिकाइ जीवनपर्यन्त रूपमा सिकिरहने वातारण निर्माण गरी सोहीबमोजिम आधुनिक र समयानुकूल शैली खोजी र अनुसन्धानमा लाग्नमा लागि महत्त्वपूर्ण रहेको छ । 

आमसंचारमा सूचना र प्रविधिको विकासले छपक्क छोपेको समयमा अध्ययन शैलीलाई सकारात्मक सोचले ओतप्रोत बनाई समाज परिवर्तनका लागि आधार स्तम्भका रूपमा अगाडि बढाउन जरुरी छ । सूचना प्रवाहको बाढीले अनावश्यक योजनाविहीन सूचना र जानकारीले ग्रस्त हुँदा भविष्यमा काम लाग्नेभन्दा सूचनाको फोहोर निर्माण भई त्यसको खाडलमा युवा जमात पर्न गएको छ ।

नकारात्मक प्रभाव र दबाब पार्ने शैलीमा भाइरल प्रवृत्तिका कारण गुणात्मक र ज्ञानबद्र्धक शिक्षाप्रद क्षेत्र ओझेलमा परेको हो कि भनेर समयसमयमा छलफल र अन्तक्र्रियाहरू पनि हुने गरेको छ । यसलाई विद्वत् वर्गमा मात्र छलफल सीमित नराखी बस्तीबस्ती र जनजनको मस्तिष्कमा आभास दिलाउन जरुरी छ । 

संसारसहित ब्रहाण्डको छिटो र सरल तरिकाले जानकारी लिन मानिसलाई छिटो अवसर प्राप्त भएको छ । विश्वका बारेमा अध्ययन गर्न मानिसका लागि सानो हुन गएको छ । हिजोका दिनमा पाठशाला, कचहरी, धर्मशाला, विद्यालय, विश्वविद्यालयमा हुने शिक्षणका विधिमा समेत आजभोलि समाज कृत्रिम बौद्धिकताको प्रभाव र मेटार्फस विधिको उपयोग गर्नमा खोज अनुसन्धान र विकास विस्तारमा अहोरात्र लागेको छ ।

शिलालेख, मूर्ति निर्माण, पर्चा, पोस्टर, भित्तेपात्रो, आमसभा, हडताल, जुलुस, ब्यानर, भित्तेलेखन, घुमन्ते गायकका माध्यमबाट समाजमा सूचना आदानप्रदान हुने गथ्र्यो तर आज सामाजिक संजालबिनाको प्रचारप्रसार र शिक्षाको प्रभावलाई सजिलो बनाई कम्प्युटर, ल्यापटप, मोबाइल, टयाब्लेटलगायतका सामग्रीबाट सहज रूपमा हासिल गर्न सकिन्छ ।

अहिले मानिसको रोजगारी खोस्ने र सिर्जनात्मक कार्यशैलीमा ह्रास हुनेगरी कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिकाइलाई सर्वसुलभ बनाए पनि मानिसको दैनिक व्यवहारमा हुनुपर्ने क्रियाशीलतामा न्यूनीकरण भई नसर्ने रोगहरूको प्रभावमा मानिसहरू पर्ने गरेका छन् । 

स्मरण शक्तिमा अनावश्यक सूचनाले तनावमा पारी मानिस डिप्रेसनको शिकार हुने गरेको छ । उच्च मनोकांक्षा बढेर जाँदा जीवनमा संघर्ष र कठोरताको सामना गर्नुपर्छ भन्ने ज्ञानको भौतिक रूपमा मानव समाजको विकास गर्नबाट बिमुख भएकाले आत्महत्या दुरुत्साहनको संख्या दैनिक रूपमा बढेको देखिन्छ ।

आत्महत्याको बढ्दो प्रवृत्तिलाई न्यूनीकरण गर्न सूचना प्रविधिको विकासको सकारात्मक पक्षलाई जनजनमा अनुभूत गराउने अभियानको खाँचो छ । सूचना शक्ति हो । सूचनाबिना विश्वको ज्ञान, अध्ययन गर्ने अर्को माध्यम छैन । तर, साइबर अपराधको बढ्दो विकासले स्वच्छ वातावरणयुक्त मस्तिष्कलाई तनावतर्फ दोहोर्‍याउने विकृत सामग्रीहरू प्रविधिका माध्यमबाट सर्वसुलभ हातहातमा उपलब्ध भएको छ । यसले भोलिका कर्णधार बालबालिकादेखि र ऊर्जावान् युवाका लागि विष पिएसरहको नोक्सानी गरेको छ । 

तसर्थ, ज्ञानहरूलाई वैज्ञानिक तरिकाले संग्रह गरी भावी पुस्तालाई कुलत, कुरीति, कुचलन, कुसंस्कारबाट बिमुख गराई समुन्नत र समृद्धितर्फ निरन्तर डोहोर्‍याउनुपर्ने अवस्था आएको छ । संसार सूचना र प्रविधिको विकासले ज्ञानमा आधारित समाज विश्वव्यापीकरण बनेको छ । सूचना प्रविधिमैत्री वातावरण निर्माण गरी सहज र संग्रह गरी भावी पुस्ताका लागि सुमार्गमा डोहोर्‍याउनेतर्फ प्रयास हुनुपर्छ ।

समाज विज्ञानका हरेक पक्षका सामग्रीहरू, जस्तै : वातावरण, राजनीतिक, सामाजिक, भूगोल, गणित, विज्ञान, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, साहित्य, भाषा, पत्रकारिता, कला, स्वास्थ्यलगायत पूर्वाधार विकासका लागि फराकिलो सोचका साथ गाउँ समाजमा नै बस्ने आधार निर्माण गर्न बहस र पैरवी चलाउन आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise