२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

संसद भवन अगाडि उग्र बन्दै प्रदर्शन

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते ०९:४३
संसद भवन अगाडि उग्र बन्दै प्रदर्शन

काठमाडौँ : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरू बिहानैदेखि भेला हुन थालेका छन् । 

सोमबार जेन जेडले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि विभिन्न स्थानबाट आएर उनीहरू प्रदर्शनको तयारीमा जुट्दै छन् । सेनाले कब्जामा लिएको उक्त क्षेत्रमा जेन जेडहरू स्वस्फूर्त रुपमा भेला हुन थालेका हुन् ।

प्रदर्शनका क्रममा काठमाडौँमा १७ जना र उपत्यका बाहिर २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । संसद भवन छिरेपछि जेनजीहरूमाथि प्रहरीले गोली चलाएको थियो ।

आज पनि देशव्यापी नै विरोध प्रदर्शन गर्ने जेनजेडहरुले चेतावनी दिएका छन् । जेन जेड प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise