२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दश क्वीन्टल सुपारी बरामद

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ९ गते २२:३१
दश क्वीन्टल सुपारी बरामद

रौतहट : रौतहट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराइस्थित पूर्व पश्चिम राजमार्ग प्रहरीको गस्ती टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसको डिक्कीबाट करिब एक हजार किलो सुपारी बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले गस्तीमा रहेका प्रहरीले पौराइस्थित सडक खण्डमा झापाबाट नेपालगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस रोकी चेकजाँच गर्दा उक्त बसका पछाडि रहेको डिकीमा राखिएको ३३ बोरा सुपारी फेला परेको बताइन् । बरामद गरिएको सुपारीको मूल्य साढे आठ लाख रुपैयाँ बराबर रहेको बताउँदै प्रवक्ता गिरीले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बारा पथलैयाको जिम्मा लगाइएको बताइन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise