२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

नेपालमा अलैंची खेतीको अवस्था र सम्भावना

ADV
२०८१ पुष २४ गते ०६:१०
नेपालमा अलैंची खेतीको अवस्था र सम्भावना

–शंकरमान सिंह 

नेपालमा अलैंचीको भाउ सिजनमै प्रतिमन (४० किलो) १ लाख १० हजार रुपैयाँ नाघेको छ । भनिन्छ, यो भाउ १२ वर्षयताकै धेरै हो । उत्पादनमा क्रमिक ह्रास आएका कारण भाउ बढेको अलैंची विकास केन्द्रले जनाएको कुरा सार्वजनिक भएका छन् । 

गत आर्थिक वर्ष २०८०/०८१ को सिजनमा अलैंचीको भाउ प्रतिमन ४५ हजारबाट सुरु भएर बेमौसममा ९० हजार रुपैयाँसम्म पुगेको थियो ।

नेपालमा समयमा नै पर्याप्त पानी नपर्दा अलैंचीका बोट सुकेका छन् । उत्पादनमा कमी र मागमा वृद्धिका कारण अलैंचीको भाउ बढेपछि किसान लाभान्वित भएको स्थिति छ । सामान्यतः अलैंचीको भाउ गुणस्तरअनुसार प्रतिमन १० हजार रुपैयाँसम्म फरक पर्छ । गत वर्षको तथ्यांक हेर्दा, अलैंचीको भाउ गत वर्ष पनि बढेको थियो । यो मूल्यमा उच्च वृद्धि हुनुमा यो वर्ष बढी पानी पर्दा उत्पादन आधा घटेका कारण पनि मूल्य बढेको हो । वर्षा बढी हुनुका साथै रोगले पनि उत्पादन उल्लेखनीय रूपमा घटेको छ । 

सरकारी तथ्यांक हेर्दा, नेपालमा करिब १५ हजार ४०० हेक्टर जमिनमा अलैंची खेती हुने गरेको छ, जसबाट वार्षिक करिब ५ हजार टन अलैंची उत्पादन हुने गरेको पाइन्छ । नेपालको विशेषगरी पूर्वी भेगमा अलैंचीको खेती हुने गरेको छ ।

हाल ताप्लेजुङमा मात्र ४ हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैंची खेती गरिँदै आएको छ  । उक्त खेतीबाट यस वर्ष मात्र २ हजार ९६० मेट्रिक टन अलैंची उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांकअनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैंची उत्पादन वृद्धि भएको हो  ।

पाँचथरसँगै संखुवासभा, इलाम, धनकुटा र भोजपुर अलैंची उत्पादनका लागि प्रमुख जिल्लाहरू हुन् । अलैंची सिक्किममा अनादिकालदेखि नै खेती गर्दै आएको देखिन्छ । यो सिक्किमको मूल बाली हो र यहाँबाट यो छिमेकी मुलुक र क्षेत्रहरूमा फैलिँदै गयो । जस्तो कि दार्जिलिङ, उत्तर–पूर्वी भारत, भुटान र नेपालको भूमिमा समेत फैलिएको देखिन्छ ।

भारत अलैंचीको प्रमुख विश्व उत्पादक र निर्यातकर्ता देश हो । त्यसपछि ग्वाटेमाला, श्रीलंका र तान्जानिया पर्छन् । यद्यपि, पछिल्ला वर्षहरूमा नेपाल र पपुआन्युगिनीको अलैंची पनि विश्व बजारमा देखिन थालेको पाइन्छ । सामान्यतः नेपालको अलैंची सबै भारत जान्छ, जहाँबाट यो अन्य देशहरूमा पुनः निर्यात गरिन्छ ।

क्रमशः अन्य देशसँग पनि नेपाल जोडिँदै गएको कारण आगामी समय बंगलादेश, पाकिस्तान, कतार र साउदी अरेबिया पनि नेपाली अलैंची सिधा पुग्ने सम्भावना छ । विश्वमा केही देशहरू जस्तै : साउदी अरेबिया, कुवेत, बहराइन र मध्यपूर्वका अन्य खाडी देशहरू मुख्य आयातकर्ता देश हुन् । 

निष्कर्षमा, यस वर्ष निकासी मूल्यको हिसाबले अलैंची खेती उत्साहजनक रहे पनि परिणाम बढाउन र यसलाई दिगो बनाउन धेरै पहल गर्नुपर्ने कुरामा विवाद छैन ।

यस वर्ष सबैजसो कृषिजन्य उत्पादनको निकासी वृद्धि भएको तथ्यांक छ । निकासीका क्षेत्रमा राहत महसुस भए पनि बिन(ालगानी निकासी बढाउन नसकिने कुरा निर्विवाद छ । 

अलैंची उत्पादन बढाउन रोग किरा नियन्त्रण र सिँचाइमा ध्यान दिन सकिएको छैन । सँगै, निकासी बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुन सकिरहेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise