२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

मणिपाल अस्पतालमा एआई प्रविधिको वायरलेश पेसमेकर सफलतापूर्वक जडान

ADV
मध्यान्ह
२०८१ माघ १ गते १९:०१
मणिपाल अस्पतालमा एआई प्रविधिको वायरलेश पेसमेकर सफलतापूर्वक जडान


काठमाडौं : मणिपाल अस्पतालमा आर्टिफिसिल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित वायरलेश इन्जेक्टिवल पेसमेकर सफलतापूर्वक जडान गरिएको छ । 

एबटद्वारा विकसित यस पेसमेकर भारतीय बजारमा भर्खरै प्रवेश गरेको हो । पूर्वी भारतमा पहिलोपटक कोलकताको मणिपाल अस्पतालमा एक ६५ वर्षीया विरामीको मुटुमा सफलतापूर्वक उक्त पेसमेकर जडान गरिएको छ । 

अमेरिका र यूरोपमा प्रयोगमा आइसकेको नयाँ प्रविधिको यस पेसमेकर परम्परागत पेसमेकरभन्दा तीन गुणा बढी समयसम्म चल्ने निर्माता कम्पनीको दाबी छ । मात्र दुई दशमलव ४ ग्राम तौल भएको यस पेशमेकरको आयु २० देखि २५ वर्षमसम्म रहेको छ । जबकी परम्परागत पसमेकरको आयू ७ देखि ८ वर्षसम्म मात्र हुन्छ । 

यसबाहेक यसको गैरचुम्बकीय डिजाइनले यसलाई विमानस्थल स्क्यानरहरू, एमआरआई मेसिनहरू र उच्च–भोल्टेज विद्युतीय प्रवाहहरू प्रति प्रतिरोधात्मक बनाएको छ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०२० मा गरेको एक अध्ययनका अनुसार नेपालमा मुटु रोगका कारण धेरैको ज्यान गइरहेको छ । अध्ययनअनुसार २० प्रतिशत मानिसहरूले मुटु रोगको कारण आफ्नो ज्यान गुमाइरहेका छन् ।  यो नविन प्रविधिको पेसमेकर नेपालका मुटु रोगीहरूको लागि भरपर्दो माध्यम बन्ने कम्पनीको विश्वास छ ।

नेपालबाट नजिकको दूरीमा रहेका पूर्वी भारतमा अवस्थित मणिपाल अस्पतालका केन्द्रहरूमा यो सुविधा उपलव्ध हुने भएकाले अध्याधुनिक चिकित्सा सेवा लिन सकिन्छ ।

यो पेसमेकरले पहिले परम्परागत पेसमेकर प्रत्यारोपणको लागि अनुपयुक्त मानिएका बिरामीहरूको लागि नयाँ सम्भावनाहरू खोल्ने जनाइएको । 

परम्परागत पेसमेकरहरूलाई उपकरण प्रत्यारोपण गर्न शल्यक्रिया र छातीमा तारहरू (लिडहरू) चाहिन्छ, जसले प्रायः संक्रमण निम्त्याउँछ । यद्यपि, इन्जेक्टेबल वायरलेस पेसमेकरलाई सिधै मुटुको दाहिने भेन्ट्रिकलमा इन्जेक्ट गरिन्छ, जसले गर्दा बिरामीहरूमा संक्रमणको सम्भावना कम हुन्छ । 

साथै यस उपकरणबाट कमजोर प्रतिरक्षा प्रणाली भएका वा छालाको समस्या, डायलाइसिसमा रहेका वा रगत पातलो पार्ने औषधि सेवन गरिरहेका बिरामीहरूका लागि पनि उपयुक्त रहेको छ ।

इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. पीके हाजराले यस उपकरणको महत्वबारे व्याख्या गर्दै भने, ‘यो पसशमेकर नन–रिचार्जेबल भएकाले यसका धेरै फाइदा छन् । यसलाई एकलबाट दोहोरो–चेम्बर कन्फिगरेसनमा अपग्रेड गर्न सकिन्छ, जसले बिरामीहरूको दीर्घकालीन समस्याहरू समाधान गर्न सहयोग गर्दछ । यसमा ब्लूटूथ कनेन्टिभिटी भएकाले बाहिरबाटै मनिटरिङ गर्न सकिन्छ ।’   

कार्डिया क्याथ ल्याबका निर्देशक डा. दिलीप कुमारले भने, ‘वायरलेस पेसमेकरहरू अब पूर्ण रूपमा वास्तविकता बन्दै गइरहेका छन् । यसबाट चिकित्सक र बिरामी दुवैको लागि आरामदायी छन् ।’

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) र यूरोपेली चिकित्सा प्राधिकरणद्वारा अनुमोदित यस इन्जेक्टेबल पेसमेकरलाई अंगाल्ने विश्वको तेस्रो देश भारत बनेको छ । मुटु रोगीहरू बढ्दै जाँदा, भारत जस्तै नेपालले पनि यस नवप्रवर्तनबाट धेरै लाभ उठाउन सक्छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise