२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

उदयपुरमा कर्फ्यू

shivam cement
बिन्द्र राई
२०८२ भदौ २५ गते २०:०५
उदयपुरमा कर्फ्यू

उदयपुर : जेन्जी आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्लाको शान्ति सुरक्षा तथा परिस्थितिलाई मध्यनजर गरेर जिल्ला सुरक्षा समितिको भदौ २५ गतेकोे निर्णय अनुसार कर्फ्यू जारी गरिएको हो । 

बुधबार बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर उदयपुरको त्रियुगा,चौदण्डीगढी र कटारी नगर क्षेत्रको गाईघाट जल्जले, बसाहा, मदनभण्डारी राजमार्ग कटारी, ककुर खोला, मरुवा खोला, ताराघारीलगायत विभिन्न ठाउँमा कर्फ्यू जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम सो ठाउँहरुमा हिँड्डुल, हुलदंगा, भिडभाड, सभा बैठक, प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू लागू गरिएको  जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise