२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

वैदेशिक रोजगार व्यवसायी बरालको निधन

Nada
२०८१ माघ ३ गते ०६:५०
Shares
वैदेशिक रोजगार व्यवसायी बरालको निधन

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी सुभद्रादेवी बरालको निधन भएको छ । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्ष बरालको बुधबार बिहान करिब २ बजे राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ncell

एसआरएस ओभरसिज प्रा.लि.की संचालकसमेत रहेकी ५८ वर्षीया बरालको स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति ह्याम्स अस्पताल लगिएको थियो । न्यून रक्तचाप र मिर्गौलामा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्व. बरालको बुधबार नै पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ । स्व. बरालको निधनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाले कर्मठ र जुझारु व्यवसायी गुमाएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

श्रद्धाञ्जलि व्यक्त गर्न नेकपा (एकीकृत समाजवादी)की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेलसहित पदाधिकारी तथा सदस्यहरू, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापासहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलसहित कार्यसमिति पदाधिकारी र सदस्यहरू पशुपति आर्यघाटमा उपस्थित थिए ।

त्यस्तै, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशीसहित पदाधिकारी तथा सदस्यहरू, संघका पूर्वअध्यक्षहरू, कानुनी सल्लाहकार तथा ठूलो संख्यामा व्यवसायी तथा आफन्तजन पशुपति आर्यघाटमा उपस्थित थिए ।

ताजा खबर

सम्बन्धित खबर