२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाललाई ७ पदक

ADV
मध्यान्ह
२०८१ असार ११ गते २०:२१
नेपाललाई ७ पदक

काठमाडौं : नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चार स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । नेपालले थप १ रजत र १ कांस्य पनि जित्यो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । यस्तै सिनियरतर्फ ६८ केजीमुनि कुमार लवतले कास्य जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।

भारतको गोआमा जुन २१ देखि २३ तारिकसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा  यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise