काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने विषयमा ठोस् कार्य योजना बनाउन सकेको छैन । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने योजना अनुसार तयारी भइरहेको पूर्ववत भनाइ दोहराएपनि उनीहरुलाई नेपाल फर्काउनेबारेमा स्पष्ट खाका बताउन सकेनन् ।
समितिले भने विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने बारेमा गृहकार्य गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि यस्तै निर्देशन प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि दिइसकेको छ । साथै सर्वोच्च अदालतले पनि यस्तै प्रकृतिको निर्देशन दिएको एक महिना भन्दा बढी समय भइसकेको छ ।
समितिले कोरोना भाइरसको महामारीका कारण खाने, बस्ने तथा स्वास्थ्य सुरक्षा लगायतका समस्याबाट पीडित भई संकट व्यहोरिरहेका विदेशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुरक्षा सुनिश्चित हुनेगरी सकेसम्म छिटो स्वदेश फर्काउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको बैठक सभापति पार्वती रावलको अध्यक्षतामा बसेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies