२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बागमती नदी नियन्त्रणमा सरकारले ध्यान नदिएको गुनासो

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १२ गते २२:०८
बागमती नदी नियन्त्रणमा सरकारले ध्यान नदिएको गुनासो

रौतहट : रौतहटमा बाढी पहिरो आउने बागमती नदी नियन्त्रणमा संघ र प्रदेश सरकारले ध्यान नदिएको गुनासो बढ्ने गरेको छ । मनसुन शुरु भइसकेको तर नदी कटानलाई नियन्त्रण गर्न कुनै ठोस कदम नचालिएको भन्दै यहाँका स्थानीयहरुले गुनासो गरेका हुन् । 

नदी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई पटक–पटक लिखितसहित मौखिक रुपमा आग्रह गरेपनि कसैले चासो दिएका छैनन् । राजदेवी नगरपालिकाको आयोजनमा नगर कार्यपालिकाको कार्यालयमा बसेको विपद व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख भिखारी प्रसाद यादवले वर्षेनी बागमती नदीले गरिरहेको कटानलाई नियन्त्रणको लागि ठोस रुपमा कार्य गर्नुपर्ने बताए । उनले यसका लागि स्थानीय सरकारले मात्रै काम गर्न नसक्ने बताए । 

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला विपद व्यवस्था समितिका प्रमुख समेतलाई नदीको अवस्थालाई अवलोकन गराइएको तर कुनै निकास पहल नदेखाएको उनले बताए । पछिलो वर्ष नदीमा बाढीको पानीको सतह कम रहेकोले क्षति कम भएको थियो, तर पानीको सतह बढी भयो भने जिल्लाको राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्नेछ । 

बैठकमा नदी कटान नियन्त्रणलाई नगर प्रमुख यादवले नगरपालिकाबाट हुने अस्थायी व्यवस्था जस्तै बालुवा,बोरा, सानो बोलडर, रस्सी जाली, बास भर्‍याङ जस्ता सामाग्रीहरु व्यवस्था मिलाएर राख्ने बताएका छन् । बाढी आएको बेला आम नागरिकलाई बचाउन र सहयोगको लागि विपद व्यवस्थापन समिति, सूचना प्रविधि शाखा, स्वास्थ्य शाखा,कृषि शाखा, योजना शाखा, सशस्त्र प्रहरी बल, जनपद प्रहरी, नगर प्रहरी, रेडक्रस सोसाइटी, सञ्चारकर्मी लगायतलाई आफ्नो पूर्व तयारी गरी राख्न प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise