२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

 प्रचण्डसँग सशंकित माधव

hardik ivf
जानकी पाठक
२०८१ माघ १७ गते ०६:४०
 प्रचण्डसँग सशंकित माधव

काठमाडौं : नेकपा एकीकृत समाजादीले आफूलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भन्दा फरक देखाउन खोजेको छ । अध्यक्ष माधव नेपालले हालै अन्तरपार्टी निर्देशिका जारी गर्दै एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्ष प्रस्तुत गरेका छन् । 

आफ्नो पार्टीले मात्र कम्युनिष्ट आन्दोलनको कार्यभार सम्हाल्न सक्ने भन्दै अध्यक्ष नेपालले माओवादीसँग समेत दुरीमा रहेको सन्देश पार्टीका नेता/कार्यकर्तालाई दिएका छन् । 

एमालेबाट छुट्टिएर पार्टी बनाउनु अगाडि देखि नै माधव नेपाल प्रचण्डसँग नजिक रहँदै आएका नेता हुन् । एमालेबाट छुट्टिँदा माओवादीमा मिसिए तत्कालीन सांसदहरूको पद जाने भनेर छुट्टै पार्टी बनाउनुपरेको नेताहरू बताउँथे । पार्टी दर्ताकै बेला समेत माओवादीसँग एकता गर्ने चर्चा थियो । प्रचण्ड र माधव मोर्चामा भने सँगै छन् तर, विस्तारै आफू प्रचण्ड भन्दा फरक रहेको देखाउने प्रयासमा माधव नेपाल लागि परेका देखिन्छन् । 

बुधबार राजधानीमा भएको समाजवादी मोर्चाको गोष्ठीमै नेताहरूबीच घोचपेच भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले समाजवादी मोर्चा सुस्ताएको हो कि निधाएको हो भनेर शंका उब्जिएको बताए । 

समाजवादी मोर्चाको बैठक राख्नका लागि विप्लवले निकै दौडधुप गरेको र दिक्क मानेको बताए । विप्लवले प्रचण्डलाई मनाउन नसकेको भनेर उनले गोष्ठीमा समेत प्रचण्ड ढिलो गरी पुगेको भनेर प्रश्न उठाए । 

समाजवादी मोर्चा सुस्ताएको र त्यसमा जिम्मेवार रहेको भनेर माधव नेपालले आफूमाथि आरोप लगाएपछि प्रचण्डले उल्टै असन्तुष्ट पोखे । मोर्चालाई सक्रिय बनाउन आफूले नचाहेको आरोप लगाउँदा बाहिर सन्देश राम्रो नजाने भनेर बचाउ गरे । समाजवादी मोर्चालाई राष्ट्रिय राजनीतिको विकल्पको रूपमा उभ्याउनुपर्ने भन्दै बुधबार नै मोर्चाको बैठक राखे । उक्त बैठकबाट माघ २४ गते राजधानीमा विरोध सभा गर्ने निर्णय गराए । 

तर, नेताहरू माधव नेपाल प्रचण्डसँग संशकित रहेको र त्यसको छनक मोर्चाको बैठकमा समेत देखिएको बताउँछन् । प्रचण्डले मोर्चामा एकीकृत गरेता पनि गतिविधि गर्नमा सक्रियता नदेखिएको नेपालको निष्कर्ष छ । पार्टी एकताका लागि समेत दुवै दलमा छलफल चलिरहेको तर प्रचण्ड नै यो विषयमा प्रष्ट नभएकोमा नेपालको शंका छ । प्रचण्डले आफ्नो राजनीतिक लाभका लागि मात्रै प्रयोग गर्न खोजिएको हो कि भन्ने माधव नेपालको आशंका छ ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise