२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँमा सिँचाइ सुविधा पुगेपछि स्थानीय हर्षित

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १३ गते १४:१२
गाउँमा सिँचाइ सुविधा पुगेपछि स्थानीय हर्षित

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ मा रहेको चौवाटारमा सिँचाइ सुविधा पुगेपछि स्थानीयहरु हर्षित भएका छन् ।

अर्घाखाँचीकै गौरवको योजनाको रुपमा रहेको यस सिँचाइ कुलो बनेपछि २ सय २० घरधुरीको एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भेषराज भुसालले जानकारी दिए ।

शुरुको अवस्थाको डीपीआरअनुसारको काम सम्पन्न भएपछि 'कृषिको आधार सिँचाइमा सुधार' भन्ने नाराका साथ जल उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरिएको छ । चौवामा एक कार्यक्रमको आयोजना गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भेषराज भुसाल र चौवाटार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष धनीश्वर पाण्डेले हस्ताक्षर गरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छबिन्द्र बेल्वासेले जल उपभोक्ता समितिका अध्यक्ष पाण्डेलाई योजना हस्तान्तरण गरेका हुन् ।

सिँचाइ सुविधा पुगेको यस स्थानमा मौसमी तथा बेमौसमी कृषि गरेर राम्रो उत्पादन लिन कोलेनिका प्रमुख बेल्वासेले सबै उपभोक्तालाई आग्रह गरे  ।

गाउँपालिकाकै गौरवको योजनाको रुपमा रहेको यो योजनाले कृषकहरुमा उत्साह थपेको तथा उत्पादनमा समेत वृद्धि हुने छत्रदेव-६ का वडाध्यक्ष कमल पौडेलले बताए ।

योजना हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, कृषक धनीश्वर पाण्डेलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । चौवाटार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष धनीश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिँचाइ कार्यालयका लेखापाल शिवहरी खनालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम रामजी भट्टराईले सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise