महोत्तरी- गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छन् ।
क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोग प्रदान गरिएको हो । यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।
गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८० जना कार्यक्रममा समेटिएका छन् ।
क्षयरोगीले औषधी खानअघि खानुपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो । रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलो, दाल १ किलो, तोरीको तेल १ लिटर, चना १ किलो ५०० ग्राम, गहुँको पिठो १ किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा शाकाहारी भए एक १ सोयाबिन समावेश गरिएको छ ।
रोगी आश्रित ५ वर्ष मुनिका बालबालिका भए थप २ किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ ।