२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १३ गते १४:३६
रौतहट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रौतहट : रौतहटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । गरुडामा एक कार्यक्रमका बीच रौतहटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका १८ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषण भएपछि रौतहटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लामा जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन साहले जानकारी दिए ।

मधेश प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री केशव रायको सहभागितामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको छ । 

बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप– बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइलगायत १३ प्रकारका खोप लगाएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला  घोषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने १८ पालिकालाई सम्मान पत्र र प्रशंसा पत्रले सम्मान गरिएको थियो भने अतिथि तथा सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise