२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

सन्धिखर्कको बजेट : फ्रि–वाइफाइदेखि सडक कालोपत्रेसम्म

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १३ गते १९:२६
Shares
सन्धिखर्कको बजेट : फ्रि–वाइफाइदेखि सडक कालोपत्रेसम्म

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रूपैयाँको बजेट पारित गरेको छ । 

ncell

नगरपालिकाको १६ औँ नगर सभामा नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले पेस गरेको बजेट सर्वसहमतिले नगरसभाले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकालाई कृषि, पशुपालन र पर्यटन प्रवद्र्धनको माध्यमबाट विकास गर्ने र सन्धिखर्क नगरपालिकाको शान्ति बगैँचा टुँडिखेल चुत्राबेसीमा मानिसहरुको  बढी उपस्थित हुने ठाउँहरुमा फ्रि वाइफाई जडान गर्ने, सबै सडक कालोपत्रे गर्ने, अक्सफाल पिचलाई निरन्तरता दिने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपलिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाको कुल विनियोजन बजेटमध्ये ७३ करोड ३७ लाख ९० हजार अर्थात् ६८.५ प्रतिशत रहेकोमा सशर्ततर्फ अनुदान चालू खर्च ३८ करोड ६ लाख २० हजार अर्थात् ३५.५३ प्रतिशत र  नगरपालिका तर्फको चालू खर्च १५ करोड ८७ लाख ३४ हजार अर्थात् १४. ८२ प्रतिशत रहेको नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले बताइन् ।

नगरपालिकाको कुल विनियोजन बजेटमध्ये पुँजिगत खर्च ३३ करोड ७३ लाख २७ हजार अर्थात् ३१.५ प्रतिशत र सामाजिक सुरक्षातर्फ १९ करोड ४४ लाख ३६ हजार अर्थात् १५. १८ प्रतिशत रहेको र सो बजेट नगरपालिकाले साउन १ गतेदेखि कार्यान्वनयन गर्ने नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये सञ्चित कोष र अन्य कोषबाट ४ करोड १७ लाख २६ हजार आन्तरिक राजश्वबाट ३ करोड २० लाख संघीय सरकार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने १३ करोड १७ लाख ६२ हजार, संघीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने १४ करोड १५ लाख ५९ हजार रुपैयाँ तथा सशर्त अनुदानतर्फको अन्तर सहकारी वित्तीय हस्तान्तरण  अन्तरसहकारी  अख्तियारीबाट ७२ करोड ४० लाख ७० हजार रुपैयाँ व्यहोर्ने गरी बजेट पारित गरिएको हो ।

सन्धिखर्क नगरपालिकाले भौतिक संरचना अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ५, वडा नम्बर ६÷७÷८ र १२ वडा कार्यालय भवन यसै वर्ष सम्पन्न गर्ने छ । कार्यक्रम मुक्तिराम खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

ताजा खबर

सम्बन्धित खबर