२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लाको सातौं जिल्ला सभा : १० वटै निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता

ADV
दिलमाया शाही
२०८१ असार १३ गते २१:०४
जुम्लाको सातौं जिल्ला सभा : १० वटै निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता

जुम्ला : जिल्ला समन्वय समिति जुम्लाको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिसस जुम्लाका प्रमुख गौरी नन्द अचार्यको अध्यक्षता र पूर्व राज्य मन्त्री तथा माओवादी केन्द्रकी केन्दीय सदस्य गोमा गौत्तम कुँवरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

जिल्ला सभाले जुम्लाको विकासका लागि महत्वपूर्ण १० वटा निर्णय गरेको छ । सातौँ जिल्ला सभाले विपद् पूर्व तयारी राहत तथा उद्वारका लागि सम्पूर्ण पालिकाहरुले प्रभावकारी व्यवस्थापन एवम् प्रबन्ध मिलाउने, वातावरण संरक्षण ऐन नियमावलीको प्रावधान बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र योजना कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको छ । 

त्यस्तै अनुगमन कार्यलाई सघन एवं प्रभावकारी बनाउन आवश्यक समन्वय कायम गर्ने, जिल्लाका विभिन्न राजमार्ग, पर्याटकीय गन्तव्य स्थलहरुको स्पष्ट जानकारीसहित पालिकाका आवश्यक एवं उपयुक्त स्थानहरुमा जानकारी बोर्ड राख्ने, चालु आ.व को आयव्याय अनुमोदन समर्थन एवं आगामी आ.व को प्रस्तावित आय–व्याय पारित गर्ने निर्णय गरिएको छ । 

त्यस्तै जिल्ला समन्वय अधिकारी टेक बहादुर बुढ्थापाले जिल्ला समन्वय समितिको हक भोग र स्वामित्वमा रहेको हालको समन्वय समितिको कार्यालयसँग जोडिएको जग्गामा सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लालाई बहुउद्देश्य भवन निर्माण योजना कार्यान्वयनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।  

त्यस्तै जिल्ला सभाले जुम्ला जिल्लास्थित विषयगत कार्यालय र विभिन्न संघसंस्थाबाट विकास निर्माण र अनुदान वितरण गर्दा हुने दोहोरोपना हटाउन सरोकारवाला, विषयगत कार्यालयहरुलाई आमन्त्रण गरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने पूर्व राज्य मन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गोमा गौत्तम कुँवरले बताइन् ।

उनले जुम्लाको विकासको लागि जिल्लाका क्रियाशिल दलहरुले साझा मुद्दा बनाएको बताइन् । 

त्यस्तै जुम्ला जिल्ला भौगोलिक हिसावमा विकट र प्राकृतिक प्रकोपबाट बढी प्रभावित हुने जिल्ला भएकोले कतिपय स्थानीय तहहरुमा ढुंगा, बालुवा र गिट्टीको तीव्र रुपमा उत्खनन् भइ प्राकृतिक प्रकोप निम्तिने सम्भावना भएको बताइन् । 

जुम्ला आएका विकास निमार्णका काम प्रभावकारी बनाउनका लागि जुम्लाका सम्पूर्ण विकास कार्यालय र संघसंस्थाले सम्बन्धित स्थानीय तहको समन्वय, सहकार्य र अनुगमनमा कार्यक्रमहरु तिव्र रुपमा सञ्चालन गनुपर्ने सुझाव दिइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise