२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

जुम्लामा एचपीभी खोप अभियानः ८ हजार बढीलाई लगाउने लक्ष्य

hardik ivf
दिलमाया शाही
२०८१ माघ २७ गते २०:५३
जुम्लामा एचपीभी खोप अभियानः ८ हजार बढीलाई लगाउने लक्ष्य

जुम्ला : जुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप  अभियान आइतबारदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिने अभियान अन्तर्गत जुम्लामा पनि अभियान शुरु भएको हो । 

यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका किशोरीको हकमा १० वर्षदेखि १४ वर्ष उम्मेर समूहका किशोरीलाई लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सुमाइले बताए । उनका अनुसार जुम्लाका ८ हजार १४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै छ । 

उनले भने,‘नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिम भएको विभिन्न अध्ययनले देखाएको छ ।’ 
सरकारले निःशुल्क रुपमा क्यासरको जोखिमबाट जोगाउन मुलुकभर एच एपीभी खोप अभियान सञ्चालन गरेको हो । 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले  जुम्ला चिसोको कारण विद्यालय ढिला सञ्चालन हुने भएकाले  यो अभियान ढिला सञ्चालन भएको बताए । उनले यो खोप अभियान सफल पार्न सबैलाई अनुरोध गरेका छन् । 

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले  देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिनुपर्ने बताएकाले सबैले आ–आफ्नोतर्फबाट  खोप अभियानमा जोडिन आग्रह गरे । 

यो अभियान सफल बनाउन विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान दिनुपर्ने उनले बताए ।

जुम्ला लगायत कर्णालीका हिमाली तथा पहाडी भेगका महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर देखिने गरेको छ । 

विश्वमा यसको सफल परीक्षण भइ यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुने लगायत बुझाइ गलत हुन् । त्यसैले ढुक्क भएर लगाउन  डाक्टर कमल थानीले बताए । 

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गतेदेखि  शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाइने भएको छ । खोप अभियान सफल पार्नका लागि ८६ वटा खोप केन्द्र र २ सय जना स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise