२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

७५३ तहमै बैंकिङ पहुँच

draupadi film
सत्यराज सिंह
२०८१ माघ २९ गते ०६:३५
७५३ तहमै बैंकिङ पहुँच

बझाङ : बाझाङको साइपाल गाउँपालिमा निजी क्षेत्रको बाणिज्य बैक पुगेसँगै देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । साइपालमा बैंक पुगेसँगै देशका सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउने सरकारको अभियानले पूर्णता पाएको छ ।

१० वर्षअघिसम्म अधिकांश शहरी क्षेत्रमा मात्र केन्द्रित हुँदा जनताको पहुँचमा वित्तीय क्षेत्र निकै कम थियो । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेसँगै ७५३ वटै स्थानीय तहमा बाणिज्य बैंक पुगेको हो ।

संघीयता आएको ७ वर्षपछि साइपाल गाउँपालिका– १ स्थित धलौनमा एभरेष्ट बैंक पुगेको छ । गभर्नर अधिकारीले बैंकको शाखाको स्थापनासँगै संघीय राष्ट्रका सम्पूर्ण पालिकामा बंैक पु¥याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए । उनले भने, ‘अब सानोतिनोे बैंकिङ सेवाका लागि सदरमुकाम धाउनुपर्ने साइपालवासीको बाध्यता अन्त्य भएको छ । बैंकको स्थापनासँगै यस क्षेत्रको समग्र आर्थिक क्रियाकलापसमेत चलायमान हुने छ ।’

उद्घाटन कार्यक्रममा एभरेष्ट बैंंकका संचालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले बैंंक क्षेत्र र साइपालको वित्तीय उन्नतिका लागि एभरेष्ट बैंकले साइपालमा शाखा स्थापना गरेको बताए । साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले बैंंक स्थापनाका लागि धेरै पहल गरेको भन्दै ढिलै भए पनि शाखा स्थापना भएकामा खुसी व्यक्त गरे । स्थानीयहरूलाई खाता खोल्न अनुरोध गर्दै अध्यक्ष बोहराले अब पालिकाका सबै कामकाज साइपालमै बसेर गर्नेसमेत बताए ।

साइपाल गाउँपालिका– १ धलौनका स्थानीय प्रदीप बोहराले भने, ‘साइपालमा बैंकको शाखा नहुँदा सानो रकमको भुक्तानी लिन पनि २–३ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्था थियो । अब त्यो समस्या हट्यो । हामीले ५ हजारको चेक साट्न १० हजार खर्च गरेर चैनपुर पुग्नुपथ्र्यो ।’ 

भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको स्थानमा बैंक पुगेपछि स्थानीयवासीमा समेत उत्साह थपेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२  पुगेको छ, जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत)को शाखा पुस मसान्तमा ११ हजार ५४५ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सम्बद्ध बचत खाताको संख्या ५ करोड ७९ लाख २५ हजार ७९५ पुगेको छ । 

त्यस्तै, पुससम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको लिने १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिट कार्ड लिने ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको लिने २ लाख १९ हजार १६४ संख्या पुगेको छ ।

ADV

सम्बन्धित खबर

Advertise