२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आज नेपालले अमेरिकासँग भिड्दै 

shivam cement
२०८२ कार्तिक १५ गते ०९:०२
Shares
आज नेपालले अमेरिकासँग भिड्दै 

काठमाडौँ : आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी ओडिआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

लिग-२ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

सम्बन्धित खबर