२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नागरिकको गुनासो नआउने गरी काम गर्नुस् : सचिव काफ्ले

Nada
सूर्यप्रसाद भुसाल
२०८१ फागुन २ गते २१:२६
Shares
नागरिकको गुनासो नआउने गरी काम गर्नुस् : सचिव काफ्ले

अर्घाखाँची : लुम्बिनी प्रदेशका वन सचिव मोहनराज काफ्लेले  जनतासँग शिष्ट र नरम व्यवहार गर्न र सोही अनुसार मुस्कानसहितको सेवा प्रदानगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

ncell

उनले प्रदेश सरकारले जनतालाई निराश हुन नदिने गरी काम गरेकाले सरकारको मिसन सफल बनाउने जिम्मेवारी कर्मचारीको हुने उल्लेख गर्दै सरकारको चाहना अनुसार काम गर्न पनि निर्देशन दिए । डिभिजन वन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको दुई दिने वन कर्मचारीहरुका लागि क्षमता विकास सम्बन्धी गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उनले कर्मचारी जनताको करबाट सेवा सुविधा लिएर नागरिकको  सेवा गर्न बसेको बताए । ‘हामीले जनतासँग शिष्ट र नरम व्यवहार गरेर सेवा दिनुपर्छ’, काफ्लेले  भने, ‘नागरिकको कुनै गुनासो आउनुभएन ।’ सरकारले दिने सेवा व्यवहारिक र प्रभावकारी बनाउने जिम्मेवारी कर्मचारीको भएकोले सोही अनुसार काम गर्न निर्देशन दिए  ।

काफ्लेले  त्यस क्रममा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र गरेको गुनासो आए कारबाही गर्ने चेतावनी पनि दिए ।  लुम्बिनी   प्रदेश सरकारले  केही महिना अगाडि  प्रस्तुत गरेक आर्थिक वर्ष २०८१/८२ को बजेटमा वनबाट मात्रै वार्षिक २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको र सोही अनुसार सरकार अगाडि बढेकाले प्रदेशमा वनबाट २ अर्ब राजस्व उठाउने लक्ष्य लिएर अगाडि बढेको बताए । सोही अनुसार काम गर्न सबै डिभिजनहरुलाई निर्देशन दिएको बताउँदै उनले अर्घाखाँचीबाट धेरै राजस्व संकलन गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे । 

हाल प्रदेशभित्रका २१७ सामुदायिक वन सम्बद्र्धन  प्रणालीमा आधारित वन व्यवस्थापन अनुसार काम भइरहेको काफ्लेले बताए ।  उनका अनुसार आगामी आर्थिक वर्षमा थप १०० वटा वन समूहमा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन विस्तार गरिनेछ । 

समृद्धिका लागि वन कार्यक्रमबाट २५ लाख क्यूफिट भन्दामाथि काठ र ३५ सय चट्टा दाउरा उत्पादन हुनुका साथै १० लाखमाथि श्रमदान अर्थात् ३ हजार ८  सय जनाले वर्षमा २८० दिन रोजगारीसमेत पाउने गरी काम सुरु भएकोले राजस्व वृद्धि हुने अनुमान मन्त्रालयले गरेको उनको भनाइ छ ।

विदेशबाट अर्बौंको काठ र काठको फर्निचर आयात हुने गरेको तर नेपालका वनमा काठ कुहिएर खेर जाने परिपाटीको अन्त्य गर्न सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई बढीभन्दा बढी विस्तार गर्न जरुरी रहेको सचिव काफ्लेले तर्क गरे ।

वन सम्बर्द्धन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशभर  १० वर्षमा  २ करोड ५० लाख क्युफिट  काठ र ७५ हजार चट्टा दाउरा निस्कने डिभिजन वन कार्यालयहरुको रिपोर्टिङ  रहेको काफ्लेले बताए । जसबाट वार्षिक २० अर्ब ७५ करोड आम्दानी हुने, राजस्व संकलन पनि ५ अर्ब १८ करोड पुग्ने  वन सचिव काफ्लेले दाबी गरे । 

कार्यक्रममा सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले अर्घाखाँची वन कार्यालय सवडिभिजन कार्यलयबाट भएको सेवा प्रवाहका बारेमा जानकारी दिएका थिए । 

ताजा खबर

सम्बन्धित खबर