२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहटमा बस दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १५ गते ११:१९
रौतहटमा बस दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते

रौतहट : जिल्लाको गरुडा नगरपालिकास्थित जयनगर चोक नजिक यात्रुबाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवातर्फ गईरहेको ना.७ खं ८४१४ नम्वरको बस गौर चन्द्रपुर सडक खण्डअन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिवार विहान ७.४५ बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्वर ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षीय छोरी नेहा कुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  । 

दुर्घटनाको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट उद्दारका लागि प्रहरी टोली खटाइएको थियो । उद्दार टोलीले घाइतेहरूको उद्धार गरेर स्थानीय ग्राण्डीसहित विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ ।

दुर्घटनामा २६ बर्षीय रन्जु देवी दासको दाहिने हात भाँचिएको छ । उनको उपचार ग्राण्डी अस्पतालमै भईरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

अन्य सात जना घाइतेहरूको शिवनगर र गरुडामा उपचार भईरहेको छ ।  बस चालक फरार रहेको हुँदा निजको खोजी कार्य भईरहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उपरीक्षक गिरीले जानकारी दिइन् । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise