२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

भटाभट ऐन बनाउँदै संसद्

hardik ivf
दिवाकर अधिकारी
२०८१ फागुन ६ गते ०६:२५
भटाभट ऐन बनाउँदै संसद्

काठमाडौं : सोमबार प्रतिनिधिसभाले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले पनि पारित गरेको हो । विधेयक पारित गर्नु अगाडि गृहमन्त्री रमेश लेखकले विधेयक पारित गर्न महत्त्वपूर्ण उपलब्धि भएको बताएका थिए । सरकार एकपछि अर्को विधेयक पारित गर्ने र कानुन निर्माणलाई गति दिने पक्षमा रहेको उनले बताएका थिए ।

‘सरकार एकपछि अर्को विधेयक पारित गर्ने र कानुन निर्माणलाई गति दिने पक्षमा छ । रफ्तार बढाउन चाहन्छ । यसका लागि सांसदहरूको साथ महत्त्वपूर्ण छ’, उनले भने ।

यसअघि पनि प्रतिनिधिसभाले केही विधेयक पारित गरेको छ । संसद् सचिवालयका अनुसार संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको १ महिना नपुग्दै प्रतिनिधिसभाले ३ वटा विधेयक पारित गरेको छ । यस अवधिमा राष्ट्रियसभाले २ वटा विधेयक पारित गरेर तल्लो हाउसमा पठाएको छ । 

यसअघि प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित थियो । प्रतिनिधिसभाको २८ माघको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो । त्यसअघि २७ माघमा प्रतिनिधिसभाले विधायन व्यवस्थापन व्यवस्थापन विधेयक पारित गरेको थियो ।

यस अवधिमा राष्ट्रियसभाले २ वटा विधेयक पारित गरेको छ । 

गत २८ माघमा राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक पारित गरेको हो । बैठकमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

यही ४ फागुनमा राष्ट्रियसभाले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्तुत गरेको विधेयकलाई राष्ट्रियसभाले सर्वसम्मतिले पारित गरेको हो । 

संसद् सचिवालयका अनुसार २० भन्दा बढी विधेयक संसद्मा विचाराधीन छ । जतिसक्दो धेरै विधेयक पारित गर्ने सरकारको चाहना रहेको सत्तारूढ दलका नेताहरूले बताउँदै आएका छन् । संघीय संसद्को चालू अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा समेत लिइन्छ । यस कारण पनि यो अधिवेशनमा बढीभन्दा बढी ऐन बनाउने प्रयासमा रहेको सत्तारूढ दलका नेताहरू बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise