
काठमाडौं : स्थानीय तह निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।
छलफलमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने केही समय सहभागी भएर बाहिरिएका छन्। उनको स्थानमा एमालेका नेता देवेन्द्र दाहाल अहिले छलफलमा सहभागी छन् ।
बैठकमा किन नबसेको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले आफू सहभागी भएर बाहिरिएको बताए । ‘आए पनि आएन भन्ने नपरोस् भनेर आएको हुँ’, उनले भने ।
सबै दलका शीर्ष नेताहरू सहभागी हुँदा आफू किन नबसेको भन्ने अर्को प्रश्नमा ओलीले एमालेबाट पनि सोही तहका नेता सहभागी रहेको जवाफ दिए । ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ। उहाँ सहभागी हुनुहुन्छ’, उनले भने ।