२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

अर्घाखाँचीमा धान दिवसः जलवायुमैत्री कृषि उत्पादनमा जोड

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १५ गते २०:२६
Shares
अर्घाखाँचीमा धान दिवसः जलवायुमैत्री कृषि उत्पादनमा जोड

अर्घाखाँची : ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव –२०८१ एक कार्यक्रमकाबीच अर्घाखाँचीमा सम्पन्न भएको छ । 

ncell

सन्धिखर्क नगरपालिका कृषि शाखा तथा कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा सन्धिखर्क नगरपालिका वडा नं.१ स्थित शुक्मी फाँटमा धान दिवस मनाइएको हो ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्बासे, सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा, प्रधानमन्त्रीमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख बिष्णु मग्राती, जिल्ला समन्वय समिति सदस्य लक्ष्मण कँडेल, सन्धिखर्क नगरपालिका वडा नं.६ का वडा अध्यक्ष श्रीधर महत्रा, वडा न.१० का अध्यक्ष मोहन सिंह ठकुरी, समाजसेवी नारायण बन्जाडे, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम नारायण आचार्य, नौमती बाजा सञ्चालन प्रमुख शिव शाह लगायतको उपस्थित रहेको थियो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराम घिमिरे स्वागत तथा सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुले जलवायुमैत्री कृषि उत्पादनमा जोड दिँदै कृषिलाई प्रविधिसँग जोड्न आग्रह गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर