२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कुखुरा व्यवसायीका समस्या समाधान गर्ने अध्यक्ष सिंहको प्रतिबद्धता

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १५ गते २१:२२
कुखुरा व्यवसायीका समस्या समाधान गर्ने अध्यक्ष सिंहको प्रतिबद्धता

रौतहट : रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले कुखुरा व्यवसायीको समस्या समाधान गर्न तथा बजार व्यवस्थापन गर्न गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

गंगा पिपरास्थित सामुदायिक भवनको सभाहलमा शनिबार जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटको परिचयात्मक कार्यक्रम प्रमुख अतिथि सिंहले नेपाली उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरे । 

सहायक प्रमुख जिल्ला अधिकारी राम नरेश यादवले सीमा क्षेत्रमा कुखुरा फार्म सञ्चालन गरेका किसानले चाहे भारतीय कुखुरा नेपालमा भित्रिन नसक्ने बताए । नेपाल सरकारले भारतीय कुखुराको चल्ला, कुखुरा तथा कुखुराजन्य बस्तु आयतमा प्रतिबन्ध लगाएको बताउँदै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीले नेपाली व्यवसायीको विलको आधारमा छोड्ने गरेको बताए । 

भारतीय कुखुरा ल्याएर नेपाली विल बनाएर नेपालमा ल्याउने गरेकोले नियन्त्रण गर्नमा समस्या भइरहेकोले नेपाली कुखुरा र भारतीय कुखुरा बीचको पहिचानबारे प्रहरीलाई जानकारी गराउन संघलाई ध्यानाकर्षण समेत गराए । 

सहायक प्रमुख जिल्ला अधिकारी यादवले सामूहिक रुपमा माछा व्यवसायी, कुखुरा व्यवसायीले काम गरे व्यवसाय राम्रो हुने बताए । भारतीय कुखुरा सस्तो तथा नेपाली कुखुरा अण्डा महंगो भएकोले सर्वसाधारण उपभोक्ताले भारतीय कुखुरा खरिद गर्ने गरेकोले मूल्यमा एकरूपता ल्याउने तर्फ ध्यान दिनुपर्ने बताए । 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका मदन यादवले कुखुरा व्यवसायीलाई जैविक सुरक्षाबारे जानकारी लिनुपर्ने आवश्यक रहेको बताए । पेशामा लाग्नुभन्दा पहिला सुरक्षा, रेखदेख के कसरी गर्ने, कुखुरा बिरामी परे कुन औषधी प्रयोग गर्ने भनि प्राविधिक ज्ञान हासिल गरेर कुखुरा पालन गर्दा सुरक्षित हुने उनले बताए । 

रौतहटमा भारतीय कुखुराको आयत नियन्त्रण गर्ने तथा स्वदेशी कुखुरा उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको जिल्ला कुखुरा व्यवसायी किसान संघको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । 

उमाशंकर साहको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव राधेश्याम साहले गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise