२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अध्यक्ष नेपालद्वारा स्व. सापकोटाको परिवाजनप्रति समवेदना प्रकट

Nada
२०८१ फागुन १५ गते १७:३२
Shares
अध्यक्ष नेपालद्वारा स्व. सापकोटाको परिवाजनप्रति समवेदना प्रकट

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा संविधान सभा सदस्य स्व. विदुर सापकोटाको परिवारलाई भेटेका छन् । 

ncell

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालकाअनुसार बिहीबार काठमाडौंको नरेफाँट पुगेर अध्यक्ष नेपालले परिवाजनप्रति समवेदना प्रटक गरेका हुन् । सापकोटको निधन भएको ८औँ दिनमा आज अध्यक्षसहित उपमहासविच रामकुमार भट्टराई, सचिव शेरबहादुर कुँवर, निर्वाच आयोग अध्यक्ष माधव पौडेल, स्थायी कमिटी सदस्य कल्याणी खड्का, प्रचार विभाग उपप्रमुख दामोदर आर्याल, पोलिटब्यूरो सदस्य सदेश पराजुलीलगायत पार्टीका नेताकार्यर्ताहरू नरेफाँट पुगेका हुन् । 

काभ्रेली कम्युनिस्ट आन्दोलनका पुराना नेता तथा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका सह इन्चार्जसमेत रहेका सापकोटाको यही फागुन ८ गते निधन भएको थियो। 
 

ताजा खबर

सम्बन्धित खबर