२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

‘चिकित्सक नेतृत्व’ विमोचित

draupadi film
मध्यान्ह
२०८१ फागुन २० गते १७:२९
‘चिकित्सक नेतृत्व’ विमोचित

काठमाडौं : नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ ।

नेपाल चिकित्सक संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष लगायतका विषय समावेश छन्।

पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य उपचारको थालनी हुनु सुखद् पक्ष रहेको बताए । उनले स्तरीय आफूले पनि स्तरीय उपचार सेवाको अनुभव गरेको जानकारी दिए ।

चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय गरेको बताए ।

पुस्तकको सम्पादन पत्रकार प्रवीण ढकालले गरेका हुन् । पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने सम्पादक ढकालले बताए ।

२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो । संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन् ।
 

ADV

सम्बन्धित खबर

Advertise