२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मर्यादाविपरीत कार्य गर्ने दुई प्रहरी हेडक्वाटर तानिए

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १६ गते २२:००
मर्यादाविपरीत कार्य गर्ने दुई प्रहरी हेडक्वाटर तानिए

रौतहट : रौतहटमा कार्यरत दई प्रहरीलाई मर्यादाविपरीत कार्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा तानिएको छ । इलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी नायव निरीक्षक मनोजकुमार पाण्डे र इलाका प्रहरी कार्यालय मौलापुरमा कार्यरत प्रहरी जवान दिपेन्द्र सिंहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो । 

श्रोतका अनुसार पाण्डेले रौतहटको पश्चिमी भेगबाट भन्सार छलीका सामानहरु तस्करीको माध्यमबाट सेटिङको आधारमा निर्वाध रुपमा लाइन खोलेको आरोप छ । यस्तै सिंहले व्यापारीहरुसँग रकम उठाउँदै आएको आरोपमा आवश्यक अनुसन्धानको लागि तानिएको हो ।

प्रहरी प्रधान कार्यालयमा उनीहरुविरुद्ध उजुरी परेपछि छानविनमा निष्किएका प्रहरी टोलीले आवश्यक अनुसन्धान पश्चात दुबै जनालाई प्रधान कार्यालयमा तानिएका हुन् । रौतहट र बारा जिल्लाको सिमा क्षेत्रमा अहिले व्यापक रुपमा तस्करी बढेको जनगुनासो आएपछि सादा पोशाकमा हेड क्वाटरबाट टोलीहरु तराईका जिल्लाहरुमा अनुगन, निरीक्षणमा निस्किएका थिए । दुई साता अघि प्रहरी चौकी बंकलको प्रहरी निरीक्षक अवधेश यादवलाई पनि अमर्यादित कार्य गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले तानेर कारबाही प्रक्रियामा राखेको श्रोतले बताएको छ ।  

यस विषयमा रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरेले प्रनानी र प्रहरी जवानलाई सोधपुछका लागि हेड क्वाटरमा बोलाएको, तर किन र के का लागि ?, आफूलाई थाहा नभएको बताए ।

शनिबार राति साढे ८ बजे नेपाली नम्बरको बाइक चढेर दुई जना व्यक्ति बौधीमाई नगरपालिकाको कोपवास्थित भूवाली चोकमा मनोज यादवले सञ्चालन गरेका पान पसलमा खानेकुरा लिएर केही सोधपुछ गर्छन् । केही बेरपछि ती दुई जना अपरिचित व्यक्तिले यादवलाई भने, ‘यो सइ साहवको पैसा हो राख्नु, म उहाँलाई यहाँबाट लानु होला भन्छु भनेर ५५ सय रुपैयाँ छाडेर गएका थिए ।’

त्यहाँबाट गएर पुनः आधा घण्टामा ती दुई अपरिचितसँगै अन्य दुई व्यक्तिहरु ना.३९ प. ८७५० र मधेश प्रदेश–०३–०२४प–९१८० नम्वरको मोटरसाइकल चढेर आएका थिए । यो रकम सइ पाण्डेको हो भनेर सकार गर्न लगाउन निकै दबाब दिँदा सफल पनि भए ।

तत्पश्चात सइ पाण्डे र जवान सिंहलाई हेडक्वाटरमा उपस्थित हुन उर्दी जारी भएपछि दुवै जना हेडक्वाटर गएको बुझिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise