२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डेंगु संक्रमणको बढ्दो जोखिम र समाधानको उपाय

ADV
२०८१ असार १७ गते ०६:२०
डेंगु संक्रमणको बढ्दो जोखिम र समाधानको उपाय

–डा. यदुचन्द्र घिमिरे

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु देखिएको थियो । पछिल्लो ट्रेन्डअनुसार यो दुई÷तीन वर्षमा महामारीका रूपमा देखिँदै आएको छ । डेंगु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्छ । पानी पर्न सुरु भएसँगै अब संक्रमणको सम्भावना पनि सुरु भइसक्यो । हाल तथ्यांक हेर्दा भने ७२ वटा जिल्लामा एक हजार तीन सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

जुनबेला तापक्रम बढ्छ, पानी पर्छ, अनि पाँच/सात दिन पानी जम्मा भएर लामखुट्टेको जीवनचक्र पूरा भएपछि त्यो लामखुट्टेको संख्या बढी हुन्छ । जब मनसुन अगाडि बढ्छ, त्यसरी नै संक्रमण बढ्ने हो । लगातार पानी परिराख्यो भने संक्रमण त्यति बढ्न पाउँदैन किनकी पानी एकै ठाउँमा जम्मा भइरहने अवस्था हुँदैन । नेपालमा असारदेखि कात्तिकसम्म डेंगु संक्रमणको सम्भावना बढी हुन्छ ।

केही अघिल्ला वर्षको ट्रेन्डलाई हेर्दा, दुई÷तीन वर्षको अन्तरालमा यसको लहर आएको देखिन्छ । तर, त्यो समग्रमा भनेको होइन । जस्तो कुनै ठाउँमा पहिले नै महामारी फैलिसकेको छ भने अर्को पटक त्यहाँ देखिन नसक्ला । तर, हामीले रोकथामका उपायहरू कति अपनाउँछौँ भन्ने विषय पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । कुन ठाउँमा बढी देखिन सक्छ भनेर ‘म्यापिङ’ गरेका छौँ । कसैलाई लक्षणरहित पनि डेंगु देखिन सक्छ । लक्षण देखिएर समस्या भएपछि जाँच गराउन आउने हुन्छन् त्यसैले पनि सबै सङ्क्रमितको संख्या गणना हुँदैन । डेंगुका पाँच वटा प्रकार हुन्छन् । पहिला एउटा देखिसक्यो भने अर्को पटक अर्कै प्रकार देखिन सक्छ जुन घातक हुन सक्दछ ।

लामखुट्टे नियन्त्रण गर्न सचेतना फैलाउन उत्तिकै महत्वपूर्ण छ । नियन्त्रण गर्न कस्ता उपायहरू अपनाइरहेका छौँ भन्ने मुख्य विषय हो । सचेतनाका कुरा हेर्दा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरिरहेको छ । हामीले पनि विभिन्न माध्यमबाट सचेतना फैलाइरहेका छौँ । सातै वटा प्रदेशका सचिवहरू तथा स्वास्थ्य निर्देशनालयसँग विभिन्न अभियानका लागि छलफल भएको छ । स्थानीय निकायले लामखुट्टेको बासस्थान ‘खोज्ने र नष्ट’ गर्ने अभियानमा बढी जोड दिनुपर्छ । 

साथै, टायर, गमलाको फुलदानीमा जमेका पानी हटाउनेलगायतका कुराहरू पनि छन् । यस्ता यावत अभियान सञ्चालन गर्नका लागि स्थानीय तहसम्म पुग्ने गरी प्रदेशसँग समन्वय गरेका छौँ । बिरामी भएपछि जति छिटो उपचार भयो सर्ने सम्भावना कम हुन्छ । उपचारमा पनि कमी हुन दिने छैनौ । विज्ञहरूसँग छलफल गरेर अगाडि कसरी बढ्ने भन्न विषयमा पनि राय लिने काम पनि गरिरहेका छौँ । समन्वयात्मक तरिकाले अगाडि बढिरहेका छौँ । डेंगु मात्र नभई अरु कीटजन्य रोगहरूमा पनि हामीले नियमित अभियान सञ्चालन गरि नै रहेका छौँ ।

हाल ७२ जिल्लामा डेंगु पुगिसकेको हुँदा आउँदा दिनमा संक्रमण बढ्ने सम्भावना अधिक नै छ । खोज र नष्ट गर्ने  अभियान, ¥यापिड रेस्पोन्स टिम, प्रदेश र स्थानीय तहसँगको पनि सजगताका हिसाबले यस वर्ष महामारी नियन्त्रण गर्ने सकिँदैन भन्ने होइन । बढ्दै जान सक्ला तर, बिरामीको संख्या ह्वात्तै बढ्ने र मृत्यु हुने गरी उपचार गर्ने नसकिने अवस्थामा नपुगौँला भन्ने अपेक्षा गरेका छौँ । तयारी पनि गरेका छौँ । नीतिगत र लजिस्टिकका कुरामा सङ्घको बढी महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका बढी रहन्छ । स्थानीय तहले खोज र नष्ट अभियानमा बढी केन्द्रित रहनुपर्छ । बजेट जहाँ–जहाँ समस्या बढी हुन्छ भनेर म्यापिङ गरेर सोहीअनुसार बजेट पनि गएको छ । समन्वयात्मक हिसाबले काम अघि बढाएका छौँ ।

म सुरक्षित छु, मेरो घर सफा छ, पानी पनि त्यस्तो छैन भनेर सुरक्षित भएर ढुक्क बस्नु हुँदैन । वातावरणमा भएका ‘रिस्क फ्याक्टर’ जस्तै बट्टा, टायर, गमलाका फुलदानी, पातमै पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्न सक्छ । सबैले मिलेर सरसफाइ नियमित गरौँ । परिवारका सदस्यले पनि आफ्नो घरमा नियमित सफाइ गरौँ । अव्यवस्थित सहरी ठाउँमा यसको झन् बढी जोखिम छ । लामखुट्टे घरभित्र नजान दिन जाली, झुलको प्रयोग गर्न सकिन्छ । बाहुला पूरा भएको लुगा लगाउँदा लामखुट्टेले टोक्ने सम्भावना कम हुन्छ । बिहान र साँझ बढी टोक्ने भएकाले सजग रहनुपर्छ । व्यक्तिगत हिसाबमा सबैले जोगिँदा पनि समुदाय जोगिन सक्छ । डेंगुबाट बच्नका लागि लक्षण पनि थाहा पाउनुपर्ने हुन्छ । ज्वरो, टाउको दुख्ने, आँखाको गेडी निस्केला जस्तो हुने, हड्डी भाँचिएला जस्तो हुनेलगायत लक्षण देखिन सक्छन् । जटिल भएको खण्डमा स्वास्थ्य संस्था गइहाल्नुपर्छ । राजनीतिकर्मी, के शिक्षक, विद्यालय, सामाजिक अगुवा, सर्वसाधारण सबैको डेंगु नियन्त्रणमा भूमिका हुन्छ । 

(घिमिरे, डेंगु संक्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारीलगायतका विषयमा इडिसिडीका निर्देशक हुन् ।) 

ADVADV

सम्बन्धित खबर

Advertise