२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तमा ३ हजार ८४१ विद्यार्थी दीक्षित

draupadi film
मध्यान्ह
२०८१ फागुन २३ गते १८:२८
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तमा ३ हजार ८४१ विद्यार्थी दीक्षित

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तमा विभिन्न तह र संकायका ३ हजार ८४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित समारोहमा ती विद्यार्थीहरू दीक्षित भएका हुन् ।  प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाइै दीक्षित गरेका थिए ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट स्नातक तहमा २ हजार १८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका १ हजार ६६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी ३ हजार ८४१ विद्यार्थी दीक्षित भएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरे । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा. डा. महेन्द्र पि लामा प्रमुख अतिथि थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise