२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

निःशुल्क आँखा शिविरबाट ९ सय बढीले लिए सेवा

hardik ivf
कमल कुमाल
२०८१ फागुन २६ गते २१:४०
निःशुल्क आँखा शिविरबाट ९ सय बढीले लिए सेवा

कालीकोट : कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा संचालन गरिएको निःशुल्क शिविरमा ९ सय बढीले सेवा लिएका छन् । नो लिमिट्स नेपालको आयोजना तथा सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा ३ दिने शिविर सञ्चालन गरिएको हो । ‘गाउँमै शिविर सञ्चालन हुने थाहा पाएपछि आँखा जाँच गराउन आए’, शिक्षक रामपुकार महतोले भने । निःशुल्क रुपमा गाउँमै आँखाको चेकजाँच गराउन पाउँदा निकै खुसी लागेको उनको भनाइ छ । 

आफ्नै गाउँ घर अगाडि निःशुल्क आँखाको चेकजाँच गर्न पाउँदा निकै खुसी लागेको संचारकर्मी तथा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ का प्रेम विश्वकर्माले बताए । ‘सामान्य आँखाको चेकजाँच गर्न पनि जिल्ला सदरमुकाम तथा सहरतिर जानुपथ्र्यो । पैसा धेरै खर्च हुन्थ्यो’ विश्वकर्माले भने,‘विना लगानीमा सहजै तरिकाले आफ्नो आँखाको चेक जाँच गर्न पायौँ । एकदमै खुसी लाग्यो ।’

शिविरमा ९ सय ३० जनाले आँखाको चेकजाँच गरेका छन् । जसमा ४ सय ५० जनाले चस्मा लिएका छन् । अन्यले औषधि दिइएको आयोजक संस्था नो लिमिट्स नेपालले जनाएको छ । ९ सय ३० जनाको आँखा चेकजाँच गरेकोमा ८६ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको र उनीहरुको सम्पर्क नम्बर लिएर विवरण संस्थाले राखेको अध्यक्ष खेमराज शाहीले बताए । उनले ८६ जनाको निःशुल्क शल्यक्रिया गर्नका लागि पहल गर्ने समेत बताए । विगतमा पनि नो लिमिट्स नेपालले निःशुल्क आँखा शिविर संचालन गरेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise