दोलखा : दोलखाको विभिन्न विद्यालयहरूमा कांग्रेस नेता तथा समाजसेवी एवं स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेका छन् ।
भिमेश्वर नगरपालिका वडा नम्बर ९ झाँक्रीचौरस्थित बुद्ध प्राथमिक विद्यालय, तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जनप्रभात मावि र मेलुङ गाउँपालिकामा वडा नम्बर ५ डाडाँखर्कस्थित डाडाखर्क माविका विद्यार्थीहरूलाई श्रेष्ठले झोला तथा कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
यस्तै श्रेष्ठले बुद्ध प्राविलाई बिहीबार कम्प्युटरसहित शैक्षिक सामग्री, स्कुल व्याग वितरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका श्रेष्ठले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै सामग्री हस्तान्तरण गरेका थिए ।
उनले विद्यार्थीहरूलाई होलीको अवसरमा शुभकामना समेत व्यक्त गर्दै बालबालिकाको शैक्षिक स्तर सुधार भए मात्रै देशको विकास हुने बताए ।