२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साउदी अरबमा नेपालकै झल्को : यसरी मनाइयो होली 

Nada
अन्जान गुभाजु
२०८१ चैत २ गते ११:२७
Shares
साउदी अरबमा नेपालकै झल्को : यसरी मनाइयो होली 

साउदी अरबः फरक संस्कृति र नियम–कानुन भएको देश साउदी अरेबियामा नेपाली समुदायले फागू पूर्णिमा अर्थात् होली पर्व उल्लासमय रूपमा मनाएको छ। शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्मामस्थित सिहातमा हेल्प मधेशी साउदी अरबद्वारा आयोजित होली विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

ncell

हेल्प मधेशी साउदी अरबका अध्यक्ष श्याम कुमार महत्तोको अध्यक्षता सम्पन्न सो कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूत महामहिम नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा साउदी अरेबियामा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरू तथा नेपाली समुदायको उल्लेखनीय सदस्यहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा होलीको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राजदूत ढकालले नेपाली समुदायलाई एकताबद्ध रहन आग्रहका साथ आपसी सद्भाव बढाउने पर्वको रूपमा होली मनाउन प्रेरित गरे ।

यस्तै अध्यक्ष महत्तोले हेल्प मधेशी साउदी अरबको नाम मधेशी भए पनि संस्था सम्पूर्ण नेपाली समुदायको हितमा समर्पित रहेको बताउँदै विशेषगरी नेपाली श्रमिकहरूको राहत, उद्धार, पासपोर्ट, फर्म तथा श्रमसम्बन्धि सहयोगमा संस्थाले उल्लेखनीय भूमिका खेलेको जानकारी दिए । आगामी दिनहरूमा पनि संस्थाले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सहभागी नेपाली समुदायले एकआपसमा रंग लगाएर तथा खुशी साटासाट गर्दै होली पर्व मनाउँदा गृहनगरमै भएको अनुभूति भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर