२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

Nada
२०८३ कार्तिक १७ गते १२:०२
Shares
छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताए ।

टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिए । 

उनले संघीय तथा प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरे । 

मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले विकास योजनाको गुणस्तर तथा प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर