२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

देशको आधाभन्दा बढी जनसंख्या खाना पकाउन अझै दाउरा प्रयोग गर्दै

Nada
२०८१ चैत २ गते ११:५५
Shares
देशको आधाभन्दा बढी जनसंख्या खाना पकाउन अझै दाउरा प्रयोग गर्दै

काठमाडौंः देशका आधाभन्दा बढी जनसंख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् ।

ncell

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठरदाउरा प्रयोग गर्ने गरेको उल्लेख छ । अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ ।

२०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्। भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ।

८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुँइठा आदि प्रयोग हुने गरेको छ। भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ।
यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसंख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ ।

आई.डि.ए. नामको संस्थाले गरेको एक सर्वेक्षण अनुसार सन् २०२२ मा ग्रामीण क्षेत्रमा करिब ८० प्रतिशत र सहरी क्षेत्रमा ४४.६ प्रतिशत घरमा खाना पकाउन परम्परागत ऊर्जाको स्रोत दाउरा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ । खाना पकाउन आधुनिक ऊर्जाको स्रोत एल।पी। ग्यासको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत घरमा र ग्रामीण क्षेत्रका ५७.३ प्रतिशत घरमा खाना प्रयोग हुँदै आएको छ।

ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुँइठा प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ। खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ । अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो।  घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको थियो।

भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ। 

ताजा खबर

सम्बन्धित खबर