२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते ०७:३६
नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

गोरखा : गोरखाको सहिद लखन गाउँपालिका-६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उनको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो ।

भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ ।

त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाड जोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उनले बताए । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् ।

उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत नि:शुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताए । ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्म रोग, जनरल ओपिडी परीक्षणदेखि लिएर नि:शुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उनले भने, “गाउँमा विशेषज्ञ चिकित्सकबाट नि:शुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।”

सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise