२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

कारागारमा एक सय पचासभन्दा बढी दीर्घ रोगी

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १०:४१
कारागारमा एक सय पचासभन्दा बढी दीर्घ रोगी

चितवन : चितवन कारागारमा दीर्घ रोगी कैदी बन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घ रोगी छन् । 

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुंगानाका अनुसार दीर्घ रोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उनका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् । 

यस्तै एचआईभी एड्सका पाँच जना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए । उनले भने, “कैदी बन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन् ।” यी बिरामी कैदी बन्दीको उपचार र नियमित औषधिका लागि कारागार कार्यालयले व्यवस्थापन मिलाउँदै आएको छ । 

राज्यले कारागारका कैदी बन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदै आइरहेको छ । कार्यालयलाई रू. १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ । यो बजेट अभाव हुँदा समय समयमा विभिन्न संघसंस्थाबाट औषधि सहयोग लिँदै आएको उनले बताए । ढुंगानाले भने, “क्यान्सरको उपचार गर्नुपर्दा एउटै व्यक्तिलाई लाखौँ खर्च हुन्छ । बजेटले पुग्दैन । सहयोग माग्नुपर्ने अवस्था आउँछ ।” 

प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ । निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन् । 

गर्मी मौसम सुरु भएसँगै भाइरलको समस्या हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए । गर्मी मौसममा लामखुट्टेबाट लाग्न सक्ने रोगलाई नियन्त्रणका लागि पोखरीमा कीटनाशक औषधिको प्रयोग, झुलको व्यवस्थापन, खानपान र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरिएको छ । आर्थिक वर्षको अन्तिम तीन महिना बजेटका कारण उपचारका लागि समस्या हुने गरेको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise