२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

सानीभेरी गाउँपालिकामा टोल फ्री नम्बर संचालन

draupadi film
प्रचण्ड खत्री
२०८१ चैत ३ गते १२:३४
सानीभेरी गाउँपालिकामा टोल फ्री नम्बर संचालन

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आफ्नो सेवा प्रवाहबारे जानकारी लिन तथा गुनासो सुन्न टोल फ्री नम्बर (१८१०५०००१४६) संचालनमा ल्याएको  छ । गाउँपालिकाले नागरिकको गुनासो र सुझाव संकलन गरी सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यसहित टोल फ्री नम्बर संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए  ।

यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन, जसले गर्दा गाउँपालिकाका बासिन्दाले निःशुल्क रूपमा आफ्ना समस्या र सुझाव राख्नेछन् ।

गाउँपालिकाका गुनासो सुन्ने अधिकारी तथा बालकल्याण अधिकारी मानविर ओलीले यो नम्बरमा आउने गुनासोलाई सम्बोधन गर्ने जिम्मेवारी पाएका छन् । उनले प्राप्त गुनासोलाई सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्नेछ्न् ।

स्थानीय सरकारप्रति जनताको विश्वास बढाउन तथा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सानीभेरी गाउँपालिकाले अघि बढाएको यो कदम सकारात्मक मानिएको छ । गाउँपालिकाभित्रका नागरिकका लागि पहिले गुनासो राख्न समस्या हुने गरेको भए पनि अब भने गाउँपालिकासँग सिधा सम्पर्क गर्न सहज हुने भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise