काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने युवक पक्राउ परेका छन् ।
शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाउने निराजन बम नाम गरेका युवक पक्राउ परेका हुन् ।
काठमाडौं आउने तयारीमा रहेका उनलाई चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता रहेको जनाइएको छ ।