रुकुम पश्चिम : नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् बाँफिकोट गाउँपालिकाको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हर्क पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश गुरुङ, उपाध्यक्षमा कल्पना पुन बुढा मगर, सचिवमा रमेश पुन मगर, सहसचिवमा गंगाकुमारी घर्ती तथा कोषाध्यक्षमा रेश्मा घर्ती मगर चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ बाँफिकोट गाउँपालिकाका पूर्वअध्यक्ष दक्ष पुनको अध्यक्षतामा भएको अधिवेशनमा आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष गोबिन्द बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो ।
बाँफिकोट गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीको विशेष आतिथ्यता रहेको अधिवेशनमा समाजसेवी गोर्ख कुसारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय सचिव संस्कृति पुन, बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि वडा सचिव बिउझना पुनलगायतको आतिथ्यता रहेको थियो ।