२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मुख्यमन्त्री सिंह र क्रिएसन नेपालबीच बहुआयामिक परियोजना सञ्चालान गर्ने विषयमा छलफल

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १८ गते १२:३१
मुख्यमन्त्री सिंह र क्रिएसन नेपालबीच बहुआयामिक परियोजना सञ्चालान गर्ने विषयमा छलफल

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रिएसन नेपालका प्रतिनिधिबीच मधेश केन्द्रित बहुआयामिक परियोजना सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा द्विपक्षीय छलफल भएको हो । 

मुख्यमन्त्री सिंहले क्रिएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशका लागि अत्यन्त आवश्यक रहेको बताउँदै प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

मधेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले क्रिएसन नेपालले अगाडि सारेका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

जलवायु परिवर्तन, प्लास्टिकजनन्य फोहोरमैला व्यवस्थापन, पर्यटन विस्तार, मधेश लगानी सम्मेलनलगायतका तत्काल परिणाम दिन सक्ने परियोजनाबारे छलफल भएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

क्रिएसन नेपालकी सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । सचिव कोइरालाले मधेश सरकारसँग दिगो सहकार्य गरी परिणाम ल्याउनका लागि क्रिएसन नेपाल नेतृत्व लिन तयार रहेको बताइन् । 

छलफलमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise