काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले माफी मागेका छन् । चैत ३ गतेको प्रतिनिधि सभाको बैठकमा सचेतक घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए। उनको अभिव्यक्तिप्रति संसद् भित्र र बाहिर आलोचना भएपछि उनले आजको बैठकमा माफी मागेका हुन् ।
उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि मंगलबार यौन व्यवसाय खुला गर्नुपर्ने कुरा घिमिरेको नितान्त व्यक्तिगत भएको, यसमा पार्टीको आधिकारिक धारणा नभएको बताएका थिए ।